Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम

गोरखाको गण्डकी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम

पत्रपत्रिका

११, चैत्र २०७८
गोरखाको गण्डकी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम
images

भुम्लिचोक, ११ चैत । गोरखाको गण्डकी गाउँपालिकामा सार्वजनीक सुनुवाई कार्यक्रम भएको छ । सार्वजनीक सुनुवाईमा स्थानीयले बिकास निर्माणको अनुगमन प्रभावकारी हुनुपर्ने, लक्षित बर्गको बजेटबारे राम्रो सँग जानकारी दिनुपर्ने, अनुदान बितरण समानुपातीक हुनुपर्ने जस्ता विषयमा प्रश्न उठाएका थिए ।

images
images

वडा नम्बर ५ का भरतकुमार श्रेष्ठले कृषि र पशु शाखाका कर्मचारी सहज उपलब्ध हुनुपर्ने, एउटै योजनाको पनि हरेक वर्ष भिन्दाभिन्दै खाता खोल्नुपर्दा समस्या भएको, सडक बिस्तारको नाममा बन बिनास भएको गुनासो गरे । साथै उनले बूढीगण्डकी डुबान पिडितको पक्षमा जनप्रतिनिधिले आयोजना कार्यालयलाई दबाव दिनुपर्ने, कार्यालयमा कर्मचारी नभेटिने गरेको गुनासो गरे ।

स्थानीय शसी सुनारले सडक बिस्तारको काम सुरु हुँदै रोकिँदै गरेको बताए । शिक्षक प्रकाश रेग्मीले शिक्षा क्षेत्रमा बजेट बिनियोजन कम भएको बताउँदै शिक्षलाई गाउँपालिकाले प्राथमिकतामा नराखेको गुनासो गरे । कार्यक्रममा महिलाहरुले सिप बिकासको बजेट, योजना र कार्यक्रमका बारेमा पनि जानकारी मागेका थिए ।

सहभागीले गरेको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष होमबहादुर रानाले गाउँपालिकाको सिमित साधन र स्रोतका बिच धेरै काम गर्नुपर्दा सबै आवश्यकता पुरा हुन नसकेको बताए । साथै उनले गाउँपालिकाबासीले दिएको सुझाब र गुनासोलाई सम्पतीको रुपमा लिने र आगामी दिनमा त्यस्ता गुनासो आउन नदिने प्रतिवद्धता जनाए । कर्मचारी र जनप्रतिनिधिलाई पनि उनले गुनासो नआउने गरी काम गर्न अनुरोध गरे ।

उपाध्यक्ष ललिता अधिकारीले महिलाका लागि हरेक वर्ष बजेट प्राथमिकताका साथ बिनियोजन गरेको बताउँदै सिप बिकासका कार्यक्रम निरन्तर चलिरहेको बताईन । साथै उनले कुनै समुह वा समुदायमा लक्षित बर्गको कार्यक्रम माग भएमा संचालन गर्न पनि सकिने बताईन ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बेदहरि अधिकारीले आर्थिक वर्ष २०७७÷७८ को बजेटको सांरास, प्रगती बिवरण र चालु वर्षको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सहयोग, गण्डकी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममको सहजिकरण नागरिक समाज सञ्चार नेटवर्क गोरखाले गरेको थियो । दरौदीं दैनिकबाट

images
प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - ०८:०४:५६ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology