Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेकपामा विवाद समाधानको बाटो भेटिएन, आजको सचिवालय बैठक अन्यौलमा

नेकपामा विवाद समाधानको बाटो भेटिएन, आजको सचिवालय बैठक अन्यौलमा

इच्छाकामना न्युज

२०, मंसिर २०७७
नेकपामा विवाद समाधानको बाटो भेटिएन, आजको सचिवालय बैठक अन्यौलमा

काठमाण्डौ, २० मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आ–आफ्नै रणनीतिमा जुटेका छन्। विवाद समाधानका लागि नेताहरूको दौडधूप बढेको भए पनि सहमति जुट्न सकेको छैन। 
शीर्ष नेताहरू आ–आफ्नै अडानमा कायम रहेपछि नेकपाभित्रको विवाद झन्झन् गम्भीर बन्दै गइरहेको छ। विवाद समाधान गर्ने उद्देश्यले आजसचिवालय बैठक बोलाइएको भए पनि सहमति जुट्ने सम्भावना न्यून देखिएको छ। 
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गर्दै एक अर्कालाई गम्भीर आरोप लगाएपछि विवादले उग्र रूप लिँदै आएको छ। विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री ओली निकट रहेका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल हिजो खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुभएको थियो थिए । 
तर पनि समस्या समाधानको ठोस् पहल हुन सकेको छैन। सोही कारण आजको सचिवालय बैठक समेत अन्यौलमा परेको नेताहरुले बताएका छन्। 

images

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - ०९:१५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology