Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

चीन माथि अमेरिकाले लगायो गम्भिर आरोपः चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि विश्वको सबैभन्दा ठूलो ‘खतरा’

चीन माथि अमेरिकाले लगायो गम्भिर आरोपः चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि विश्वको सबैभन्दा ठूलो ‘खतरा’

images

एजेन्सी

२०, मंसिर २०७७
चीन माथि अमेरिकाले लगायो गम्भिर आरोपः चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि विश्वको सबैभन्दा ठूलो ‘खतरा’
images

चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि विश्वको सबैभन्दा ठूलो ‘खतरा’ रहेको अमेरिकी शीर्ष गुप्तचर अधिकारीले बताएका छन्। अमेरिकी गुप्तचर निकायका प्रमुख जोन राट्क्लीफले वाल स्ट्रिट जर्नलमा प्रकाशित गरेको लेखमा चीन विश्वको प्रजातन्त्र र स्वतन्त्रका लागि दोस्रो विश्वयुद्ध यताकै ठूलो जोखिम रहेको उल्लेख गर्नुभएको हो। 
चीनले अमेरिकाका गोप्य सूचनाहरु चोरी गरेर तथा अमेरिकी बजारमा अमेरिकी फर्महरुलाई बिस्थापित गरेर शक्ति बढाइरहेको उहाँले आरोप लगाउनुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनप्रति कडा नीति लिँदै आएको छ। चीनमाथि बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै अमेरिकाले चिनियाँ सामानमा प्रतिबन्ध समेत लगाएको छ। चीनले राट्क्लीफको आरोपबारे टिप्पणी गरिसकेको छैन। 
चीन अमेरिकासँग ‘युद्ध’ का लागि तयार रहेको आरोप राट्क्लीफले लगाउनुभएको छ। आर्थिक, सैन्य तथा प्राविधिक रुपमा चीनले त्यसको तयारी गरेको अभियोग उहाँले लगाउनुभएको हो। राष्ट्रिय गुप्तचर निकायका निर्देशक राट्क्लीफले प्रतिआतंकवादमा चीनले रुसको स्थान लिएको बताउनु भएको छ

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - ०९:२८:३६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology