Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

बाँझो जमिनमा अर्गानिक बेसार खेती गर्न जुटे मनकामना कृषि सहकारीका किसानहरु 

बाँझो जमिनमा अर्गानिक बेसार खेती गर्न जुटे मनकामना कृषि सहकारीका किसानहरु 

इच्छाकामना न्युज

१६, चैत्र २०७८
बाँझो जमिनमा अर्गानिक बेसार खेती गर्न जुटे मनकामना कृषि सहकारीका किसानहरु 
images

गोरखा, १६ चैत । जिल्लाको शहीदलखन गाउँपालिका वडा नम्बर ३ स्थित मनकामना कृषि सहकारीका किसानहरु बेसार उत्पादनमा जुटेका छन् । गएको वर्ष  २०० क्विन्टल विउ सहकारीका सदस्यहरुलाइ सहमति मार्फत प्राप्त भएपछि बाँझो रहेका जमिनमा किसानहरुले खेती गरेका हुन् ।

images
images

सामूहिक रुपमा १४ रोपनी जग्गामा खेती गरिएको र व्यक्तिगत रुपमा २५६ जना किसानहरुले खेती गरिररहेको सहकारीका अध्यक्ष होमनाथ रिमालले बताए ।

हलेदो उत्पादन पछि बेसार बनाएर बजारमा डुलाउनुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी जुटेको उनको भनाइ छ । खन्दाखन्दैको हलेदो प्रतिकेजी २० रुपैयाँमा किसानहरुसँग खरिद गरेर सँकलन गरिरहेको उनले बताए ।

विषादी, युरिया मल केही पनि प्रयोग नभएको शुद्ध बेसार लेभलिङ सहित बजारमा पठाउने तयारीमा सहकारी जुटेको हो । सहकारीले गोरखा नगरपालिका, शहीदखन र आँवुखैरेनी गाउँपालिका भित्रका किसानहरुको उत्पादन समेत खरिद गरिररहेको छ ।  

बजारमा विभिन्न मिसावट सहितको बेसार आइरहेका समयमा मनकामना कृषि सहकारीले खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयको चेकचाँज सँगै अर्गानिक उत्पादन  ल्याउन लागेको हो ।

 

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - १८:४२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology