Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सत्ता गठबन्धनको निर्णय 

स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सत्ता गठबन्धनको निर्णय 

इच्छाकामना न्युज

१७, चैत्र २०७८
स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सत्ता गठबन्धनको निर्णय 
images

काठमाण्डौ, १७ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा अहिलेको सरकारमा रहेका सबै दलबीच तालमेल हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले चुनावमा एक भएर जाने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

images
images

चुनावमा कस्तो तालमेल गर्ने भन्ने बारेमा प्रदेश प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिका प्रमुखहरूको संयन्त्र बनाउने र यही चैत २२ गतेभित्र केन्द्रलाई प्रतिवेदन पेश गर्ने सहमति पनि आजको बैठकमा भएको कार्कीले बताउनुभयो ।

आगामी निर्वाचनमा सरकारमा रहेका दलबीचमा मात्रै तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले बताउनुभयो ।

आजको गठबन्धन बैठकमा पाँचै दललाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि मातहतका निकायमा परिपत्र जारी गर्ने सहमति भएको पनि उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - १९:३०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology