Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

चितवनमा राजावादीले ग¥यो शक्ति प्रदर्शन, घन्कियो नारा ‘राजा आउ देश बचाउ’

चितवनमा राजावादीले ग¥यो शक्ति प्रदर्शन, घन्कियो नारा ‘राजा आउ देश बचाउ’

इच्छाकामना न्युज

२०, मंसिर २०७७
चितवनमा राजावादीले ग¥यो शक्ति प्रदर्शन, घन्कियो नारा ‘राजा आउ देश बचाउ’
images

चितवन, २० मंसिर । चितवनको भरतपुरमा आज (शनिवार) राजावादीहरुले मोटरसाइकल जुलुस निकालेका छन् । ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउँदै सयौंको संख्यामा उनिहरुले जुलुस निकालेका हुन् ।

images
images

जुलुसमा सहभागीले पञ्चायत र बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली’, ‘हिमाल झैं अटल यो’ जस्ता गीत गाएका थिए । ‘गणतन्त्र मुर्दावाद’, ‘ हिन्दू राज्य कायम गर’, ‘जय देश, जय नरेश’ जस्ता नारा लगाइएको थियो । राष्ट्रबादी चितवन समाजको नेतृत्वमा जुलुस निस्किएको हो । भरतपुरको केन्द्रिय बसपार्कबाट सुरु भएको जुलुस हाकिमचोक,चौविसकोठी,लायन्सचोक,पुल्चोक आँपटारी हुँदै पुनः केन्द्रिय बसपार्कमा पुगेर कोणसभामा परिणत हुनेछ । कोणसभालाई राजा समर्थकहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

पछिल्लो समय देशभर राजावादीले जुलुस निकालिरहेका छन् ।

   

नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - १५:०९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology