Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

काँग्रेसले स्थानीय तहमा पनि निर्वाचन परिचालन समिति गठन गर्ने 

काँग्रेसले स्थानीय तहमा पनि निर्वाचन परिचालन समिति गठन गर्ने 

सिआईएन

१८, चैत्र २०७८
काँग्रेसले स्थानीय तहमा पनि निर्वाचन परिचालन समिति गठन गर्ने 

काठमाण्डौ, १८ चैत । नेपाली काँग्रेसले प्रदेश तथा विभिन्न तहका साभापतिहरूको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति तत्काल गठन गर्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले गरेको निर्णयका आधारमा मातहतका निकायमा परिपत्र गर्ने निर्णय भएको हो ।

images

पार्टी उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा हिजो बसेको बैठकले विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्व गठन गर्न निर्देशन दिने निर्णय गरेको हो ।

आवश्यक जिम्मेवारी बाँडफाँड गरेर निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने समेत बैठकले निर्णय गरेको काँग्रेस प्रवक्ता डा प्रकाशसरण महतले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - ०९:२०:४१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology