Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

स्थानीय तहको लागि उम्मेदवार सिफारिस गोप्य राख्न काँग्रेसको निर्देशन

स्थानीय तहको लागि उम्मेदवार सिफारिस गोप्य राख्न काँग्रेसको निर्देशन

इच्छाकामना न्युज

२२, चैत्र २०७८
स्थानीय तहको लागि उम्मेदवार सिफारिस गोप्य राख्न काँग्रेसको निर्देशन

काठमाण्डौ, २२ चैत । नेपाली काँग्रेसले स्थानीय तहको लागि उम्मेदवार सिफारिस गोप्य राख्न निर्देशन दिएको छ । केन्द्रबाट नै पाँचदलीय गठबन्धनसहित निर्वाचनमा जाने निर्णय गरेको काँग्रेसले केही समयअघि छिट्टो भन्दा छिट्टो उम्मेदवार टुङ्गो लगाउन सर्कुलर गरेको थियो ।

images

स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ गते मनोनयन दर्ता गर्नुपर्ने भएपछि काँग्रेसले वैशाख १ गतेसम्म उम्मेदवार टुंगो लगाउन परिपत्र गरेको छ ।

काँग्रेसको विधानले वडाध्यक्ष तथा सदस्यको टिकट प्रतिनिधिसभा क्षेत्रीय समिति,गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट जिल्ला संसदीय समिति, नगरपालिका र उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय समिति र महानगरपालिकाको टिकट केन्द्रीय संसदीय समितिले दिने व्यवस्था छ ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - १८:०२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology