Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सुत्केरी र कुरुवाप्रति दुव्र्यबहार गर्ने चिकित्सक श्रेष्ठलाई कारबाही गर्न नेविसंघ गोरखाको माग

सुत्केरी र कुरुवाप्रति दुव्र्यबहार गर्ने चिकित्सक श्रेष्ठलाई कारबाही गर्न नेविसंघ गोरखाको माग

इच्छाकामना न्युज

२०, मंसिर २०७७
सुत्केरी र कुरुवाप्रति दुव्र्यबहार गर्ने चिकित्सक श्रेष्ठलाई कारबाही गर्न नेविसंघ गोरखाको माग
images

गोरखा, २० मंसिर । 
सुत्केरी र कुरुवाप्रति गोरखा अस्पतालका चिकित्सकले गरेको दुव्र्यबहारको नेपाल विद्यार्थी संघ गोरखाले बिरोध जनाएको छ। गोरखा नगरपालिका ३ की सुत्केरी सृष्टि बानियाँ कुँबर र उनका श्रीमान देवेन्द्रजंग कुँबरप्रति अस्पतालका चिकित्सक सन्दीप श्रेष्ठले दुव्र्यबहार गरेको भन्दै नेविसंघले विज्ञप्ति जारी गरी विरोध गरेको हो।
बिज्ञप्तिमा नेविसंघले डाक्टर श्रेष्ठप्रति कडा कारबाहीको माग गरेको छ । साथै कारबाही नगर्ने कडा आन्दोलन गर्ने र त्यसको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने संघका अध्यक्ष सुवास अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै सोही विज्ञप्तिमा नेविसंघले सिरानचोक गाउँपालिका ४ चोरकाटेमा विद्युत पोलमा करेण्ट लागेर एक सर्भेयरको निधन भएको घटनाप्रति पनि बिरोध गरेको छ । विज्ञप्तिमा मृतकका आफन्तलाई उचित राहतको व्यवस्था गरिदिन र त्यस्ता घटना दोहोरिन नदिन पनि सचेत गराइएको छ ।

images
images

NSU-576x768.jpg

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - २०:२२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology