Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

यस वर्ष काठमाण्डौंको टुँडिखेलमा तमू ल्होछार कार्यक्रम नहुने

यस वर्ष काठमाण्डौंको टुँडिखेलमा तमू ल्होछार कार्यक्रम नहुने

इच्छाकामना न्युज

२१, मंसिर २०७७
यस वर्ष काठमाण्डौंको टुँडिखेलमा तमू ल्होछार कार्यक्रम नहुने

काठमाण्डौं, २१ मंसिर । 
गुरुङ समुदायले मनाउने तमू ल्होछार कोरोनाका कारण यस वर्ष टुँडिखेलमा नहुने भएको छ।
काठमाडौंको टुँडिखेलमा धुमधामका साथ मनाइने तमू ल्होछार कोरोना महामारीका कारण विभिन्न संघ संस्थाले अनुकूलताका आधारमा, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाउने तयारी गरेको छ ।
काठमाडौंमा ल्होछार मनाउँदै आएको तमू ह्युला छोंज धिँ गुरुङ राष्टिय परिषद, उपत्यका समितिले यस वर्षको ल्होछारको ढाचा परिवर्तनको तयारी गरेको छ
। कोरोनाका कारण ल्होछार सीमित व्यक्ति र समूहमा मनाउने तयारी गरेको थाहा भएको छ ।
परिषदका अध्यक्ष रेशम गुरुङले कोरोनाका कारण विगतको जस्तो ठूलो जनसंख्या उपस्थित भएर ल्होछार मनाउने स्थिति नभएको बताए । तर, आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिनका लागि सानो समूहमा भएपनि उपस्थित भएर कार्यक्रम मनाउने तयारी परिषदको छ ।
ल्होछार कसरी मनाउने भन्ने विषयमा छलफल गर्नका लागि मंसिर २७ गते काठमाडौंमा परामर्श बैठक बोलाइएको छ । सबै संघसंस्थाका प्रतिनिधिहरुको सामूहिक छलफलबाट ल्होछार मनाउने खाका तयार पार्ने तयारी छ ।
विगत तीन वर्षदेखि सरकारले ल्होछार लगायत आदिवासी जनजाति समुदायका चाडको सार्वजनिक विदा कटौती गरेकोमा विरोध जनाउँदै आएको छ । यस वर्ष भने नेवार समुदायको म्हः पूजा र मुस्लिम समुदायको चाडमा सार्वजनिक बिदा दिइसकेको छ ।
तमू ल्होछार पुस १५ मा पनि सरकारले सार्वजनिक विदा दिने अपेक्षा सम्पूर्ण तमू समुदायको छ । तमू समुदायको ल्होछारमा पनि सार्वजनिक विदा दिएर सरकारले समानताको व्यवहार देखाउने अपेक्षा रहेको अध्यक्ष रेशम गुरुङले बताए ।

images

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - ०८:१४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology