Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सत्ता गठबन्धनमा चुनावी तालमेलको चटारो 

सत्ता गठबन्धनमा चुनावी तालमेलको चटारो 

इच्छाकामना न्युज

२४, चैत्र २०७८
सत्ता गठबन्धनमा चुनावी तालमेलको चटारो 
images

काठमाण्डौ, २४ चैत । सत्तारुढ दलहरूको निर्वाचन तयारी तथा गठबन्धन समितिले चुनावी तालमेलबारे २ दिन भित्र निर्णय लिइसक्न जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको समितिको बैठकमा चुनावी तालमेल गरेर २२ गते अर्थात मङ्गलवारसम्म वस्तुस्थिति मुल्याङ्कन गर्न भनेअनुसार काम भए नभएको समीक्षा पनि भएको छ ।

images
images

धेरैजसो जिल्लामा तालमेलबारेमा छलफल र निर्णय भएको भएपनि कतिपय जिल्लामा भने यसबारेमा निर्णय भइसकेको छैन । अब २ दिन अर्थात् शनिवारसम्म जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउन हिजोको बैठकले निर्देशन दिएको हो । गठबन्धनको चुनाव तयारी तथा अनुगमन गर्न गठित समितिको बैठक आउँदो आइतवार फेरि बस्ने छ ।

चुनाव आउन अब ३६ दिन मात्रै बाँकी रहँदा सत्ता गठबन्धनमा चुनावी तालमेलको चटारो देखिएको छ । तर महानगर तथा उपमहानगरमा भने कसले कति सङ्ख्या लिने भन्नेमा कुरो टुङ्ग्याउन चुनौतीपूर्ण हुने देखिएको छ । सत्ता गठबन्धनका नेताहरू चुनावी तालमेलको लागि दौडधुपमा लागेको भएपनि नेकपा एमालेले भने एक्लै चुनावी मैदानमा होमिने बताउँदै आएको छ । ५ दलिय गठबन्धनका अघि एमाले एक्लै चुनामा गएर जित हासिल गर्ने दाबी अध्यक्ष केपी शर्मा ओलीले गर्दै आउनुभएको छ ।

यद्यपी एमालेले राप्रपा तथा लोसपा सँग पनि चुनाबी तालमेल गर्ने प्रयास भने गरिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन फेरि एक पटक लड्नुको विकल्प नभएको र त्यसका लागि आगामी निर्वाचन माओवादी केन्द्रले जित्नुपर्ने बताउनुभएको छ । हिजो चितवनमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले सोही तयारी र काम गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । 

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - ०९:५८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology