Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलमा सकस

महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलमा सकस

सिआईएन

२४, चैत्र २०७८
महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलमा सकस
images

सुसिला श्रेष्ठ, काठमाडौं, २४ चैत । स्थानीय निर्वाचनमा कसरी जाने भन्ने विषयमा पर्सिसम्म तालमेलबारे निर्णय गरिसक्न जिल्ला तहलाई सत्ता गठबन्धनले आग्रह गरेको छ । तालमेलको मापदण्ड बनिसकेको छैन, तर ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा सत्ता गठबन्धनका सबै जसो दलको आकर्षण छ । आकाङ्क्षा अनुसार तालमेल नभए गठबन्धन टुट्न सक्ने धम्कि गठबन्धनकै नेताहरूको छ ।

images
images

६ महानगरपालिका मध्य नेपाली काँग्रेसले ४, माओवादीले १, एकिकृत समाजवादीले २ र जसपाले एउटामा दावी गरेको छ ।

काठमाडौं महानगरपालिकामा काँग्रेसले दाबी छोडेको छैन, एकिृत समाजवादीले पनि चाहना राखेको छ । काँग्रेसले काठमाडौंमा मात्रै होइन, ललितपुर महानगर पनि नछोड्ने दाबी गरेको छ । काठमाडौं र ललितपुर महानगर नछोड्ने बरु गठबन्धन छोड्ने काँग्रेस नेता भिमसेन दास प्रधानको भनाइ छ ।

माओवादी केन्द्रले नेतृत्व गरिरहेको भरतपुर महानगरपालिमा फेरि पनि उसकै दाबी रहेको छ । तर, काँग्रेस नेताहरू अघिल्लो कार्यकाल पनि छोडेकाले यसपटक पनि भरतपुर महानगर छोड्न नसकिने अडानमा रहेका छन् । महानगरमा देखिएको दलहरूको चासो र अडानका कारण गठबन्धनभित्र सहमति जुट्न सकस देखिएको छ ।

जसपाले जितेको वीरगन्ज महानगरपालिकामा यस पटक काँग्रेसले पनि चाहना राखेको छ भने जसपाले पुनः नेतृत्व गर्न चाहेको छ । बिराटनगर महानगरपालिकामा काँग्रेसको दाबी रहेको छ । पोखरा महानगरपालिकामा भने एकिकृत समाजवादीको दाबी छ ।

११ उपमहानगरमा आफुले नेतृत्व गरिरहेका २ सहित अन्य ५ उपमहानगरमा काङ्ग्रेसले दाबी गर्ने भएको छ । एमालेले यस अघि जितेको जितपुर सिमरा उपमहानगरमा एमाले सहित काँग्रेस र माओवादी केन्द्रले पनि दाबी गर्ने भएको छ ।

जनकपुर उपमहानगरमा जसपाले दाबी गर्ने भएको छ भने नेकपा एसले इटहरी, हेटौंडा, बुटवल, घोराही र तुलसीपुर सहित ६ वटामा दाबी गर्ने भएको छ ।  गठबन्धनमा आवश्यकता अनुसार तालमेल हुने भनिएपनि आकाङ्क्षी धेरै हुँदा सहमति जुटाउने विषय पेचिलो बन्दै गएको छ । 

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १०:००:३६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology