Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

इच्छाकामना गाउँपालिकामा पनि गठबन्धन गर्ने तयारी, गठबन्धन भए कुन दलको अवस्था कस्तो होला ?

इच्छाकामना गाउँपालिकामा पनि गठबन्धन गर्ने तयारी, गठबन्धन भए कुन दलको अवस्था कस्तो होला ?

चित्र बहादुर गुरुङ

२५, चैत्र २०७८
इच्छाकामना गाउँपालिकामा पनि गठबन्धन गर्ने तयारी, गठबन्धन भए कुन दलको अवस्था कस्तो होला ?
images

कुरिनटार, २५ चैत । यतिबेला देश स्थानीय तहको निर्वाचनको तयारी गर्माएको छ। गाउँशहर जताततै स्थानीय चुनावकै चर्चा छ। कसले टिकट पाउँछ ? को कसरी मिलेर चुनाव लड्छ ? जस्ता धेरै कुराहरुले बजारमा चर्चा पाईरहेको छ।

images
images

यसैबिच केन्द्रमा सत्ता गठबन्धन गरिरहेका दलहरुले स्थानीय निर्वाचनमा तल्लो तहसम्मै गठबन्धन गरेर निर्वाचन लड्ने निर्णय गरिसकेको छ भने त्यहि अनुसार वार्ता र छलफलहरु पनि सुरु गरिसकेको छ। यद्यपी सबै ठाउँमा गठबन्धन गर्न सजिलो नभै अप्ठ्यारो पनि भैरहेको छ।

चितवनमा पनि सत्ता गठबन्धन दलहरुले मिलेर चुनाव लड्ने निर्णय गरिसकेका छन् । यदि चितवनमा गठबन्धन भएमा इच्छाकामना गाउँपालिकामा कस्तो होला गठबन्धन इच्छाकामना न्युजले यहि विषयमा केही चर्चा गर्न लागेको छ।

इच्छाकामना गाउँपालिकामा राजनैतिक अवस्था हेर्दा अहिलेसम्म नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मात्र बलियो संगठन छ। सो अनुरुप गठबन्धनका २ पार्टी मात्र इच्छाकामनामा रहेकोले काँग्रेस र माओवादी केन्द्रले मात्र सिट बाँडफाड गरे पुग्छ। 

सत्ता गठबन्धनको ठूलो दल कांग्रेसले ‘गत निर्वाचनमा प्रमुख जसले जहाँ जितेको छ, उसले लिने र एमालेसहित अन्य दलले जितेको ठाउँमा दोस्रो धेरै मत पाएको दलले प्रमुख, तेस्रो मत पाउनेले उपप्रमुख लिने प्रस्ताव अघि सारेको थियो भने माओवादी केन्द्रले यसअघि जितेका ठाउँमा यथावत् राख्दै एमालेले जितेका ठाउँहरूको भागबन्डा गर्ने प्रस्ताव गरेका छन्।

यही कुरालाई आधार मानेर हेर्ने हो भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा जितेको काँग्रेसले यी पदहरु स्वतः पाउने देखिन्छ। माओवादी केन्द्रले वडा नं. ३ मा मात्र जित हासिल गरेकोले उसले उक्त वडामा स्वतः पाउने देखिन्छ।

बाँकी ३ वटा एमालेले जितेको वडाहरु मध्य वडा नं. १ र २ मा माओवादी केन्द्र दोस्रो भएको थियो त्यसैले पनि यी वडा माओवादी केन्द्रको भागमा पर्ने देखिन्छ । त्यस्तै एमालेले जितेको अर्को वडा न. ६ मा भने दोस्रो दल नेपाली काँग्रेस हो यसैले यो वडामा नेपाली काँग्रेसले पाउने देखिन्छ। 

यसरी हेर्दा नेपाली काँग्रेसको भागमा अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा र माओवादी केन्द्रको भागमा ३ वटा वडा मात्र पर्ने देखिन्छ। तर यसरी भागबण्डा भएमा माओवादी केन्द्रले नमान्न सक्ने सम्भावना छ। माओवादी केन्द्रको स्रोत अनुसार इच्छाकामना गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष मध्य १ सहित ३ वा ४ वटा वडाको लागि दावी गर्ने देखिन्छ भने नेपाली काँग्रेसले माओवादी केन्द्रलाई उपाध्यक्ष र ३ वटा वडासम्म दिन सक्ने सम्भावना देखिन्छ।

यद्यपी स्रोतले दिएको जानकारी अनुसार यस विषयमा दुवै पार्टीका प्रतिनिधीहरु बिच आजबाट छलफल सुरु हुन लागेको छ। तत्पश्चात मात्र बाँकी कुरा आउने देखिन्छ।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - ०८:५३:४६ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology