Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

स्थानीय तह निर्वाचन लक्षित घोषणापत्र वैशाख ११ मा सार्वजनिक गर्ने काँग्रेसको निर्णय 

स्थानीय तह निर्वाचन लक्षित घोषणापत्र वैशाख ११ मा सार्वजनिक गर्ने काँग्रेसको निर्णय 

इच्छाकामना न्युज

२५, चैत्र २०७८
स्थानीय तह निर्वाचन लक्षित घोषणापत्र वैशाख ११ मा सार्वजनिक गर्ने काँग्रेसको निर्णय 

काठमाण्डौ, २५ चैत । नेपाली काँग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको हिजो पार्टी कार्यालयमा बसेको बैठकले आगामी स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र वैशाख ११ मा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

images

जनता र पार्टीका नेता÷कार्यकर्ताका सुझाव समेटेर घोषणा पत्र सार्वजनिक गर्ने काँग्रेसको तयारी रहेको छ । समितिका सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्र दिवसका दिन घोषणा पत्र सार्वजनिक गरिने बताउनुभयो । घोषणापत्रमा समेट्नुपर्ने विषयबारे सर्वसाधारण जनताबाट सुझाव आह्वान गरिने पनि उहाँले बताउनुभयो । त्यसका लागि टोल फ्री नम्बर सार्वजनिक गर्ने र सामाजिक सञ्जालबाट पनि सुझाव पठाउन मिल्ने व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

२०७४ सालमा काँग्रेसले जितेका स्थानीय तहका प्रतिनिधिका सुझाव पनि काँग्रेसले लिने भएको छ । साथै पार्टीको पालिकास्तर कार्यसमितिबाट पनि घोषणापत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव लिइने शिवाकोटीले बताउनुभयो । कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका विषय विज्ञसँग पनि छलफल गरेर घोषणापत्रमा समावेश गर्ने एजेन्डा तय गरिने काँग्रेसको तयारी छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - ०९:२८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology