Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

इच्छाकामनामा माओवादी केन्द्र र नेपाली काँग्रेस बिच गठबन्धनको तयारी, आज संयुक्त बैठक सम्पन्न

इच्छाकामनामा माओवादी केन्द्र र नेपाली काँग्रेस बिच गठबन्धनको तयारी, आज संयुक्त बैठक सम्पन्न

इच्छाकामना न्युज

२५, चैत्र २०७८
इच्छाकामनामा माओवादी केन्द्र र नेपाली काँग्रेस बिच गठबन्धनको तयारी, आज संयुक्त बैठक सम्पन्न
images

कुरिनटार, २५ चैत । चितवनको इच्छाकामनामा अगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको तयारी स्वरुप गठबन्धनको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबिचको संयुक्त बैठक आज सम्पन्न भएको हो ।

images
images

नेपाली कांग्रेसका सभापति कृतिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचन व्यवस्थित गर्नका लागि इच्छाकामना गाउँपालिकाको तथ्याङ्क माथिल्लो निकायमा सम्प्रेषण गर्ने निर्णय गरेको छ। उक्त कार्यका लागि कांग्रेसका तर्फबाट खुम प्रसाद पन्त र माअ‍ोवादी केन्द्रको तर्फबाट तुल बहादुर गुरुङलाई जिम्मेवारी दिएको माओवादी केन्द्रका प्रदेश सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिए।

यसैबिच बैठकले गठबन्धन दल सम्बद्ध कार्यकर्ताहरुलाई गठबन्धनको मुल मर्म, भावना अनुरुप अघि बढ्न अपिल गर्ने निर्णय गरेको उनले बताए । उनका अनुसार अर्को बैठकको मिति गठबन्धनको समझदारीमा तय गरिने जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - १९:४९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology