Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जनप्रतिनिधीको पाँच वर्षे कार्यकाल सकिदै गर्दा शहिद लखन ७ ले गर्‍यो करिव डेढ सय जनालाई सम्मान

जनप्रतिनिधीको पाँच वर्षे कार्यकाल सकिदै गर्दा शहिद लखन ७ ले गर्‍यो करिव डेढ सय जनालाई सम्मान

इच्छाकामना न्युज

२६, चैत्र २०७८
जनप्रतिनिधीको पाँच वर्षे कार्यकाल सकिदै गर्दा शहिद लखन ७ ले गर्‍यो करिव डेढ सय जनालाई सम्मान

गोरखा, २६ चैत। शहिद लखन गाउपालीका वडा ७ बुङकोटले एक कार्यक्रमका विच विभिन्न क्षेत्रका करिव डेढ सय जनालाइ सम्मान तथा कदर पत्र प्रदान गरेको छ । यस आर्थिक वर्षको योजना कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम गरेको वडा ७ का वडाध्यक्ष शरण श्रेष्ठले वताएका छन् ।

images

जनप्रतिनिधीको जिम्बेवारी सम्हाले पश्चात् हाल सम्म वडाको नितिगत निर्णय, समग्र बिकास निर्माण, सामाजिक–आर्थिक बिकास, सुचना–प्रवाह, बिबिध गतिबिधी, कार्यहरुमा सह–कार्य, समन्वय, सहजिकरण, सदभाव र वडाको बिभिन्न कार्यक्रमहरुमा बिशेष सहयोग गर्नुहुने सरकारी कार्यालय, संघसंस्था एवं ब्यक्तिहरुलाई एक कार्यक्रमका माझ कदर–पत्र र सम्मान–पत्र बितरण गरिएको हो।

प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण ब्यक्तित्व, संघसंस्थाहरुलाई वडाले आभार सहित धन्यबाद पनि प्रकट गरेको छ। विभिन्न राजनितीक दलका ५ जना, वडा ७ मा कार्यरत कर्मचारी ७ जना,बुङकोट स्वास्थ्य चौकीका कर्मचारी ८ जना,वडा भित्रका समुदायीक बिधालयका ब्यवस्थापन समितीका अध्यक्ष ४ जना, सामुदायीक बिधालयका प्र.अ. ४ जना, निजि बिधालय १ जना, शिक्षक १ जना, वडा भित्रका टोल बिकास संस्थाका ३० जना, वडा भित्रका बुदिजिवी, समाजसेवी २५ जना, वडाको बिबिध कार्यक्रम सहयोग गर्नु हुने १८ जना, नेपाल रेडक्रस बुङकोट शाखा १ जना, वडा भित्रका स्वास्थ्य स्वयमसेवीका ५ जना (१ जना निवर्तमान) लाई सम्मान पत्र तथा कदर–पत्र बितरण गरिएको छ।

त्यसैगरी कोभिड १९ आपतकालीन कोषका बुङकोट वाट ९ जना, बुङकोट प्रहरी चौकीका १ जना, खानेपानी तथा सरसफाई उपभोत्ता समिती तर्फ ६ जना, सामुदायीक बन तर्फ ७ जना, सहकारीतर्फ ४ जना, खेलकुद तर्फ ४ जना, वडा भित्रको सबै भन्दा जेष्ठ तर्फ पुरुष १ जना, महिला १ जना, बिधुत प्राबिधिक तर्फ १ जना र सामुदायिक सिकाई केन्द्र तर्फ १ जनालाई सम्मान पत्र तथा कदर–पत्र बितरण गरिएको छ।

सो कार्यक्रममा शहिद लखन गाउंपालिका उपाध्यक्ष ईन्दिरा तिवारी, वडा ७ का अध्यक्ष शरण श्रेष्ठ र स्थानियहरूको वाक्लो उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - ११:१८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology