काठमाण्डौ, २१ मंसिर । २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। यो संगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। देशभरी सक्रिय सङ्क्रमितको संख्या १३ हजार ५८२ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन्।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ८४ हजार ५१९ परीक्षणहरु गरिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।