Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु

स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु

इच्छाकामना न्युज

२७, चैत्र २०७८
स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु
images

काठमाण्डौ, २७ चैत । स्थानीय तहको निर्वाचन आउन अब ३३ दिन मात्रै बाँकी रहदा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरू भएको छ । आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष र अन्य पदको लागि आकांक्षीहरूले उम्मेद्वारी घोषणा गर्ने क्रम सुरू भएको हो ।

images
images

दलहरूले औपचारिक रूपमा उम्मेद्वारको टुङ्गो लगाइनसकेको भएपनि आकांक्षीहरूले स्वतःस्फुर्त रूपमा उम्मेद्वारी घोषणा गर्ने तथा सरोकारवालाहरूसँग सुझाब माग्ने गरिरहेका छन् । सत्ता गठबन्धनमा चुनाबी तालमेल गर्ने भनिएपनि कुन पालिकामा कसरी तालमेल गर्ने र को उम्मेद्वार हुने भन्नेबारेमा भने अझै पनि टुङ्गो लागेको छैन ।

सकेसम्म स्थानीय तहबाटै उम्मेद्वार छनोटको काम सक्न गठबन्धनभित्रका दलहरूले सुझाब दिएका छन् । तर कुन मापदण्डका आधारमा उम्मेद्वार तोक्ने तथा कुन पालिका कसको भागमा पर्ने भन्ने टुङ्गो लागि नसकेकाले उम्मेद्वार छनोटको बिषय पेचिलो बनेको छ । सीआईएनसँग कुराकानी गर्दै काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सकेसम्म तल्लो तहमा नै उम्मेद्वारको सूची टुङ्ग्याउन भनेपनि चुनौतीपूर्ण भने देखिएको बताउनुभयो ।

यस्तै निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगरि चुनाब लड्ने बताएको नेकपा एमालेले पनि उम्मेद्वार छनोट गरिसकेको छैन । निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको लागि उम्मेद्वार दर्ताको समय तोकेको छ । 

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - ०९:२८:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology