काठमाडौँ, २८ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।
बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो ।
यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार बसेको बैठकले चुनावमा हुने तालमेलबारे शीर्ष नेता बसेर टुंग्याउने निष्कर्ष निकालेको थियो ।
आजको शीर्ष नेताको बैठकले स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ ।