गोरखा, २१ मंसिर ।
पत्रकार महासंघ गोरखा शाखाले पत्रकार राजेन्द्र न्यौपानलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ। जिल्ला शाखा शाखाका सचिव नरहरी सापकोटाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, गोरखा अस्पतालका चिकित्सक माथि एक समुहले मिति २०७७–०८–२० गतेका दिन हातपात र दुर्व्यवहार गरेको घटनाको समाचार सम्प्रेषण गरेको बिषयलाई लिएर नेपाल पत्रकार महासघ गण्डकी प्रदेशका सदस्य एबम गोरखा शाखाका साधारण सदस्य पत्रकार राजेन्द्र न्यौपाने माथि शनिबार राती ७–३० बजेको समयमा गोरखा नगरपालिका–५ सतिपिपल घर भइ नेपाल दलित बिद्यार्थी संघ गोरखाका अध्यक्ष एबम नेपाल विद्यार्थी सघ गोरखाका जिल्ला कार्य समिती सदस्य बताउने रचन परियारले अपाच्य गाली गलौच गर्दै ज्यान मार्ने धम्की दिएको घटना प्रती नेपाल पत्रकार महासघ गोरखा शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त घटनाले पत्रकार र पत्रकारिता क्षेत्र माथी ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ । समाजमा आतंक फैलाउदै समाचार लेखेबापत पत्रकारलाई गुन्डागर्दी शैलीमा धम्की दिएको यस घटना प्रति घोर निन्दा एबम भत्सर्ना गर्दै दोषीमाथी तत्काल पक्राउ गरि कानुनी कारबाहीका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौँ ।