चितवन, २ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) भरतपुरमा शक्ति प्रदर्शन गरिरहेको छ । राप्रपा चितवनले आयोजना गरेको विशाल आमसभामा हजारौं जनता सहभागि भएको राप्रपा चितवनको दावी छ ।

केन्द्रीय बस ट्रमिनलमा जारी आमसभामा सहभागि हुन झाँकी, पञ्चैबाजा, मौलिक भेषभुषा सहित सर्वसाधरण सहभागी भएको राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिनुभयो । राप्रपाको जनसभास्थल बसपार्क माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।


