Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भरतपुरको हंस बहुउद्देश्यीय सहकारीको साधारणसभा शुरु

भरतपुरको हंस बहुउद्देश्यीय सहकारीको साधारणसभा शुरु

इच्छाकामना न्युज

२१, मंसिर २०७७
भरतपुरको हंस बहुउद्देश्यीय सहकारीको साधारणसभा शुरु

चितवन, २१ मंसिर । 
चितवनको भरतपुरमा रहेको हंस बहुउद्देश्यीय सहकारीको साधारणसभा शुरु भएको छ। भरतपुर महानगरपालिका वडा नं–१ नारायणगढ सहिदचोकमा रहेको हंस वहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १७ औं साधारणसभा अन्तरगत नारायणघाट ईकाईको बैठक शुरु भएको हो।

images

विश्वभर महामारीको रुपमा फैलिईरहेको कोराना भाईरस९कोभिड १९० को कारण सानो सानो समूह बनाई सामाजिक दूरी सहित ईकाइगत रूपमा साधारण सभा सम्पन्न गर्न सहकारी विभागको निर्देशन मुताबिक चरण चरणमा ईकाईगत रूपमा एक हप्तासम्म सहकारीको साधारणसभा गर्न लागिएको हो ।

आज आइतबारबाट सुरु भएको साधारणसभाको कार्यक्रम आगामी २७ गते सम्म चल्ने छ। हंस सहकरीको बार्षिक उत्सव कार्यक्रम समेत परेकाले२७ गते प्रतिनिधिमूलक साधरणसभा गर्ने कार्यक्रम तालिका रहेको संस्थाकी सचिव शारदा शर्मा पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो विभिन्न ३६ वटा इकाई वैठक मार्फत प्रतिनिधि छनौट गरि आगामी २७ गते प्रतिनिधिहरुको सहभागितामा साधारणसभाको समापन गरिने गरिने छ। साधारणसभा अन्तरगत आजको इकाई वैठक उद्घाटन कार्यक्रममा भरतपुर वडा नं १ का कार्यवाहक वडा अध्यक्ष यमबहादुर मगर प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी मगरले सहकारी विकास र समृद्धिको मेरुदण्ड भएकोले सहकारीले वचत गर्ने बानीको विकास गरेको वताउनु भयो । उहाँले सहकारीले निम्न आय भएकालाई लगानीको वतावरण वनाएको वताउनु भयो ।

सहकारीका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष चुकेले हंस बहुउद्देश्यीय सहकारी जिल्लामा अब्बल दर्जाको सहकारीको रुपमा विकास भएको भन्दै आगामी दिनमा संस्थालाई अझ अगाडि बढाउने बताउनुभयो। कार्यक्रममा उपाध्यक्ष बावुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सचिव शारदा पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा लेखा समिति, कर्जा लगाएतका विभिन्न उपसमितिका पदाधिकारी,ईकाई अन्तर्गतका सदस्यहरू र संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो
चितवनको भरतपुर महानगरपालिका वडा नं १, नारायणगढ सहिदचोक स्थित हंस वहुउदेश्यीय सहकारी सस्था लिमिटेडको १७ औं साधारणसभा अन्तरगत नारायणघाट ईकाईको बैठक शुरु भएको छ । विश्वभर महामारीको रुपमा फैलिईरहेको कोराना भाईरस९कोभिड १९० को कारण सानो सानो समूह बनाई सामाजिक दूरी सहित ईकाइगत रूपमा साधारण सभा सम्पन्न गर्न सहकारी विभागको निर्देशन मुताबिक चरण चरणमा ईकाईगत रूपमा एक हप्तासम्म सहकारीको साधारणसभा गर्न लागिएको हो । आज आइतबारबाट सुरु भएको साधारणसभाको कार्यक्रम आगामी २७ गते सम्म चल्ने छ। हंस सहकरीको बार्षिक उत्सव कार्यक्रम समेत परेकाले२७ गते प्रतिनिधिमूलक साधरणसभा गर्ने कार्यक्रम तालिका रहेको संस्थाकी सचिव शारदा शर्मा पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो विभिन्न ३६ वटा इकाई वैठक मार्फत प्रतिनिधि छनौट गरि आगामी २७ गते प्रतिनिधिहरुको सहभागितामा साधारणसभाको समापन गरिने गरिने छ। साधारणसभा अन्तरगत आजको इकाई वैठक उद्घाटन कार्यक्रममा भरतपुर वडा नं १ का कार्यवाहक वडा अध्यक्ष यमबहादुर मगर प्रमुख अतिथी रहनु भएको थियो ।


कार्यक्रममा वोल्दै प्रमुख अतिथी मगरले सहकारी विकास र समृद्धिको मेरुदण्ड भएकोले सहकारीले वचत गर्ने बानीको विकास गरेको वताउनु भयो । उहाँले सहकारीले निम्न आय भएकालाई लगानीको वतावरण वनाएको वताउनु भयो । सहकारीका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष चुकेले हंस बहुउद्देश्यीय सहकारी जिल्लामा अब्बल दर्जाको सहकारीको रुपमा विकास भएको भन्दै आगामी दिनमा संस्थालाई अझ अगाडि बढाउने बताउनुभयो। कार्यक्रममा उपाध्यक्ष बावुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सचिव शारदा पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा लेखा समिति, कर्जा लगाएतका विभिन्न उपसमितिका पदाधिकारी,ईकाई अन्तर्गतका सदस्यहरू र संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - २१:२५:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology