काठमाण्डौं, २२ मंसिर ।
हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहेको छ ।
देशका बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।
प्रदेश २ र प्रदेश ५ को मौसममा आंशिक बदली रहने देखिन्छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै प्रदेश नं १ को पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राति प्रदेश नं १ का पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ ।