चितवन, २२ मंसिर।
चितवनको मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत भरतपुरमहानगरपालिका २९ भोर्लेमा बस र भारतीय ट्रक ठक्कर खादा ४ जना गम्भीर घाइते भएका छन्। धरानबाट काठमाण्डौ आउदै गरेको ना ४ ख ८०६० नम्बरको बस र विपरित दिशाबाट जादै गरेको NL01Q 3694 को भारतीय ट्रक आज विहान करिब ६ बजे अनियन्त्रीत भई ठक्कर खादा बसमा सवार १० जना भन्दा बढी घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको उद्धारपछि उपचारको लागि मेडिकल कलेज भरतपुर पठाइएको छ। दुर्घटना पछि अबरुद्ध बन्न पुगेको मुग्लिन नारयणगढ सडक खण्ड खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।