दार्चुला, २२ मंसिर ।
ट्रक दुर्घटनामा परि दार्चुलाकोमा तीन जनाको ज्यान गएको छ।
मालिकार्जुन गाउपालिका–१ भर्तोलामा ट्रक दुर्घटनामा परी तीनजनाको ज्यान गएको हो। गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक आइतबार राति १० बजे दुर्घटना भएको हो। ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको प्रहरीले जनाएको छ।
ज्यान गुमाउनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन्। मृतक दुईजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिए।