Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

अभिनेत्री श्वेता खड्का धनगढीका विजयन्द्रसँग आज विवाह बन्धनमा बाँधिदै

अभिनेत्री श्वेता खड्का धनगढीका विजयन्द्रसँग आज विवाह बन्धनमा बाँधिदै

इच्छाकामना न्युज

२२, मंसिर २०७७
अभिनेत्री श्वेता खड्का धनगढीका विजयन्द्रसँग आज विवाह बन्धनमा बाँधिदै
images

काठमाण्डौं, २२ मंसिर । 
 नायिका श्वेता खड्का आज बिवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयन्द्रसिंह रावतसँग उनको आज बिवाह हुन लागेको हो।

images
images

बिवाहमा दुबै परिवार निकटका सदस्य मात्र उपस्थित हुने बताईएको छ। श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको बताइए पनि श्वेताले भने यो हल्ला मात्र भएको बताएकी थिइन्।

नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो। बिवाहको एक महिनापछि श्रेष्ठको निधन भएको थियो।
त्यस यता उनी सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएकी थिइन् । यससँगै उनले आफ्नो कलायात्रालाई पनि निरन्तरता दिइरहेकी छिन्।

आइतबार सामाजिक ‌सञ्जाल फेसबुकमा उनले आफ्नो बिवाहको बारेमा निकै लामो स्टाटस लेखेकी छिन् । कोरोना संक्रमण जोखिमका कारण विवाहमा सबै शुभचिन्तकहरुलाई बोलाउन नसकिएको उनले बताएकी छिन्।

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - ०९:०७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology