गोरखा, १० वैशाख । कांग्रेस र माओवादीबिच गोरखामा चुनावी तालमेल हुने भएको छ । दुईदलका नेताहरु बिच कांग्रेसले ७ र माओवादी केन्द्रले ४ वटा पालिका लिएर गठबन्धन गर्ने विषयमा सहमती भएको हो ।
कांग्रेसले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिकामा अध्यक्ष लिने सहमती भएको छ । माओवादी केन्द्रले पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका र यस अघि जितेको बारपाक सुलिकोट गाउँपालिका, शहीदलखन गाउँपालिका लिने निर्णय भएको छ ।
वडाको हकमा पनि यस अघि जितेको वडा यथावत रहने र बाँकी बाँडफाँड गर्ने सहमती दुईदलका नेताहरु बिच भएको छ ।
यस अघि गठबन्धन दल जनता समाजवादी र एकिकृत समाजवादी सहितको बैठकमा दलहरु सिट बाँडफाँडमा सहमती जुट्न सकेको थिएन । अन्ततः दुई दल बिच मात्रै सहमती भएको हो ।
बैठकमा कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, अब्दुल सतार, पूर्व केन्द्रिय सदस्य कमला पन्त सहभागी छन् भने माओवादी केन्द्रबाट जिल्ला इन्चार्ज कृष्ण धिताल, अध्यक्ष लेखबहादुर थापा, केन्द्रिय सदस्य अमर तमु, शुसिला सिम्खडा सहभागी छन् । बैठक चलिरहेको छ ।







