गाेरखा, ११ वैशाख । नेपाली कांग्रेस गाेरखाले गठबन्धन दलबाट बाहिरिने निर्णय गरेकाे छ । जिल्ला पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै गठबन्धन दलबाट बाहिरिने निर्णय गरेकाे हाे ।
कांग्रेस गाेरखाले पत्रकार सम्मेलन गर्दै सहमतिका लागि विभिन्न चरणमा छलफल भएकाे भएपनि केही नेताका स्वार्थका कारण निर्णयमा पुग्न नसकेकाे बताए । उनले जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईकाे स्वार्थका कारण गठबन्धनमा रहन नसकेकाे आरोप लगाए ।
पालुङटार नगरपालिकासहित एक स्थानीय तह दिने गरि निर्देशन दिएपछि कांग्रेस गाेरखाले पत्रकार सम्मेलन गर्दै गठबन्धन दलबाट बाहिरिने निर्णय गरेकाे हाे ।
पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्याैपानेले भने-‘केहि नेताका स्वार्थका कारण कांग्रेस गाेरखा गठबन्धन दलबाट बाहिरिने निर्णय गरेका छ। जिल्लाका ११ स्थानीय तहमा नै एक्लाएक्लै निर्वाचन जाने निर्णय गरिसकेका छाैं। हामी जिल्लाका अन्यदलसंग तालमेल नगरि निर्वाचनमा जाने छाैं।’
उनले जिल्लाका अन्यदलसंग विभिन्न चरणमा बैठक बसेकाे भएपनि निर्णय पुग्न नसकेका बताए । ‘हामी चार दल आठ पटकसम्म बैठक बसेका थियाैं’, पत्रकार सम्मेलनमा उनले भने ‘तर सहमति जुट्न सकेन, नितिगत रूपमा छलफल गरेर अघि बढेका थियाैं ।’
गठबनधन जाेगाउन कांग्रेसले हदैसम्म लचिलो अपनाएकाे भएपनि अन्यदलका कारण समाधान नभएकाे उनकाे भनाइ थियाे ।
शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले जिल्लामा कांग्रेसलाई पाँच, माओवादी केन्द्रलाई चार र जनता समाजवादी पार्टी (जसपा) लाई पालुङटार नगरपालिकासहित एक पालिकाकाे नेतृत्व दिने गरि निर्देशन दिएकाे थियाे ।
यसमा कांग्रेस गाेरखाले मान्य नभएकाे भन्दै पत्रकार सम्मेलनबाट बाहिरिने बताएकाे हाे । याे संगै जिल्लामा सत्तारूढ दलका विच कसरी अघि बढ्छन् चासाेका साथ हेरिरहेको छ ।