Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो 

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो 

इच्छाकामना न्युज

२२, मंसिर २०७७
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो 

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ। नेपालमा आज थप १७ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १६१४ पुगेको छ।  
पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ सय २० जनाको परीक्षण गर्दा १ हजार १४ जनामा सङ्क्रमण पुष्टि भएको हो। 
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। 
हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ। हाल सक्रिय सङ्क्रमितको संख्या १२ हजार ९४८ रहेको छ।

images

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - १७:४८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology