Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता गर्न सकिने 

स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता गर्न सकिने 

इच्छाकामना न्युज

१२, बैशाख २०७९
स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता गर्न सकिने 
images

काठमाण्डौ, १२ वैशाख । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज पनि उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन गर्न हिजो र आजका लागि समय दिएको छ ।

images
images

पहिलो दिन हिजो देशभरका विभिन्न जिल्लामा स्थानीय तहको विभिन्न पदका लागि १० हजार ५ सय ३३ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

हिजो उम्मेदवारी दर्ता गराउने मध्ये अधिकांश स्वतन्त्र र साना दलका उम्मेदवारहरू छन् । ठूला दलहरूबीचको तालमेल र गठबन्धनका कारण हिजो थोरै उम्मेदवारी दर्ता भएको अनुमान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आज नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजदावी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका उम्मेदवारले मनोनयन दर्ता गराउने छन् । मनोनयनको समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको लागि तोकिएको छ। आयोगका प्रवक्ता पौडेलका अनुसार आज मनोनयन सकिएपछि भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ मा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने छ ।

वैशाख १५ मा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने भोलिपल्ट उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । वैशाख १७ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - ०९:३०:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology