Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखाको शहिद लखन गाउँपालिकामा १८६ जनाको उम्मेद्वारी

गोरखाको शहिद लखन गाउँपालिकामा १८६ जनाको उम्मेद्वारी

इच्छाकामना न्युज

१३, बैशाख २०७९
गोरखाको शहिद लखन गाउँपालिकामा १८६ जनाको उम्मेद्वारी
images

घैरुङ, १३ वैशाख । गोरखाको शहिद लखन गाउँपालिकामा स्थानीय तह निर्वाचनको लागि १ सय ८६ जनाको उम्मेद्वारी दर्ता भएको छ। निर्वाचन अधिकृतको कार्यालय शहिद लखन दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित ९ वटा वडाको जनप्रतिनिधीको लागि १ सय ८६ जनाले उम्मेद्वारी दर्ता गरेको हो।

images
images

गाउँपालिकाको अध्यक्षको लागि ६ जना र उपाध्यक्षको लागि ४ जनाको उम्मेद्वारी परेको छ। यस्तैगरी वडाध्यक्षमा ४३ जना, महिला सदस्यमा ३३ जना, दलित महिला सदस्यमा ३० जना र खुल्ला सदस्यमा ७० जनाको उम्मेद्वारी परेको हो।

वडा नं. १ को वडाध्यक्षमा ४ जना, महिला सदस्यमा ३ जना, दलित महिला सदस्यमा ३ जना र खुल्ला सदस्यमा ७ जनाले उम्मेद्वारी दिएका छन्।

वडा नं. २ को वडाध्यक्षमा ५ जना, महिला सदस्यमा ४ जना, दलित महिला सदस्यमा ३ जना र खुल्ला सदस्यमा ७ जनाले उम्मेद्वारी दिएका छन्।

वडा नं. ३ को वडाध्यक्षमा ५ जना, महिला सदस्यमा ४ जना, दलित महिला सदस्यमा ३ जना र खुल्ला सदस्यमा ८ जनाले उम्मेद्वारी दिएका छन्।

वडा नं. ४ को वडाध्यक्षमा ४ जना, महिला सदस्यमा ३ जना, दलित महिला सदस्यमा ३ जना र खुल्ला सदस्यमा ६ जनाले उम्मेद्वारी दिएका छन्।

वडा नं. ५ को वडाध्यक्षमा ४ जना, महिला सदस्यमा ४ जना, दलित महिला सदस्यमा ३ जना र खुल्ला सदस्यमा ८ जनाले उम्मेद्वारी दिएका छन्।
वडा नं. ६ को वडाध्यक्षमा ५ जना, महिला सदस्यमा ४ जना, दलित महिला सदस्यमा ४ जना र खुल्ला सदस्यमा ८ जनाले उम्मेद्वारी दिएका छन्।

वडा नं. ७ को वडाध्यक्षमा ६ जना, महिला सदस्यमा ४ जना, दलित महिला सदस्यमा ४ जना र खुल्ला सदस्यमा ९ जनाले उम्मेद्वारी दिएका छन्।

वडा नं. ८ को वडाध्यक्षमा ५ जना, महिला सदस्यमा ३ जना, दलित महिला सदस्यमा ४ जना र खुल्ला सदस्यमा ८ जनाले उम्मेद्वारी दिएका छन्।

वडा नं. ९ को वडाध्यक्षमा ५ जना, महिला सदस्यमा ४ जना, दलित महिला सदस्यमा ४ जना र खुल्ला सदस्यमा ९ जनाले उम्मेद्वारी दिएका छन्।

images
प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - २१:३५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology