मुग्लिन, २४ वैशाख । देशकै संघीय राजधानी छिर्ने प्रमुख मार्गमा पर्ने एउटा बजार हो मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने यो बजार विशेषत यात्रुहरुको लागि खाना खाने बजारको रुपमा दशकौं देखि परिचित छ । अधिक मात्रामा होटल व्यवसाय संचालनमा रहेकोले मुग्लिनले भात बजारको रुपमा आफ्नो पहिचान बनाएको छ ।
यहि मुग्लिनलाई अर्को एक फरक पहिचानले पनि चिन्ने गरिन्छ । पछिल्लो झण्डै एकदशक देखि स्वादिष्ट अचार खुवाएर पनि मुग्लिनलाई छुट्टै रुपमा चिनिन थालेको छ । मुग्लिनको यो छुट्टै पहिचान स्थापित गर्न लागिपरिरहेका एक उद्यमी हुन् तेज बहादुर शेरचन ।
त्यसो त मुग्लिनका लागि तेज बहादुर शेरचन कोहो भनिरहनै पर्दैन । उनको परिचय अचार उद्यमी मात्र नभै होटल व्यवसायीका साथ साथ काकाकुल मुग्लिनको दशकौ देखि तिर्खा मेटाउने अभियन्ताको रुपमा पनि चिनिन्छ । कम बोल्ने, शालिन, मिजासिला, कर्मशिल, मिहनेती शेरचन सामाजिक रुपमा समेत अत्यन्तै सहयोगीको रुपमा स्थानीय माझ परिचित छन् ।
शेरचन दशकौ देखि निरन्तर मुग्लिन बजारलाई २४ सैं घण्टा खानेपानी उपलब्ध गराउन क्रियाशिल व्यक्ति हुन् । दिनरात अहोरात्र मुग्लिन बजारको स्थानीयलाई खानेपाी व्यवस्थापन गर्न खटिरहेका उनै तेज बहादुर शेरचन यसपटकको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट इच्छाकामना गाउँपालिका वडा नं. ५ को वडाध्यक्षको रुपमा उम्मेद्वार बनेका छन् ।
शेरचन इच्छाकामना गाउँपालिकाको ७ वटै वडामा उठेका वडाध्यक्ष उम्मेद्वारहरु मध्यमा सबैभन्दा हेभिवेट उम्मेद्वार भन्दा फरक नपर्ला किनकी धेरैले उनलाई गाउँपालिका अध्यक्ष मै हेर्न चाहेका थिए । तर विविध कारण शेरचन वडाध्यक्षमा उठेका छन् ।
त्यसो त इच्छाकामनामा नेकपा एमाले विरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले गठबन्धन गरेका छन् । तर पनि शेरचन नै स्थानीय नागरिकको पहिलो रोजाईमा पर्ने स्थानीयहरु बताउछन् ।
वडामा गठबन्धन नै भए पनि शेरचनले जित्ने बलियो आधार मध्य उनी आफैमा स्थानीय माझ चर्चित र स्थापित अनुहार हुन् । त्यस माथि गठबन्धनको आधिकारीक उम्मेद्वार अघिल्लो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएर काम गर्दा जालसाजी गरी एउटाको जग्गा अर्काको नाममा नामसारी गरेको आरोपमा विवादमा परेका व्यक्ति हुन् भने सो विषयमा अहिले पनि मुद्दा चलिरहेको छ ।
यस्तै उनै गठबन्धनको आधिकारीक उम्मेद्वार विरुद्ध काँग्रेसबाटै बागी उम्मेद्वारी परेको छ । जसले गर्दा पनि शेरचनलाई वडाध्यक्ष जित्न झन् सजिलो बनाईदिएको छ ।
इच्छाकामनाको उत्कृष्ट मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष समेत रहेका शेरचन सफा दिलका साथै उस्तै पारदर्शी छन् । उनले आफु निर्वाचित भए वडाध्यक्ष बापत पाउने तलब भत्ता वडामा रहेका अल्पसख्यक चेपाङ समुदायको स्वास्थ्य विमामा र उपेक्षित एवं गरिव परिवारको स्वास्थ्य विमामा खर्चिने जनाएका छन् ।
दशौं वर्ष साविक दारेचोक गाविसमा एमालेको नेतृत्व समालेका शेरचन दुई कार्यकाल नेकपा एमालेको जिल्ला समिति सदस्य पनि भैसकेका छन् ।
०७४ को स्थानीय निर्वाचन मै गाउँपालिकाकै अध्यक्षमा तयारी गरेका थिए । टसमस नगरेको भए टिकट पाउन त्यत्ति असहज थिएन । तर अड्डी कसेनन् त्यागको राजनीति कल्चर स्वीकारे । अहिले वडा नं ५ को जनता एवं पार्टीले उनको विकल्प देखेन । इमान्दार, कर्मठ योद्धाको पर्याय हुन उनी । उनको नारा छ आफू भ्रष्टाचार गर्न, पैसा कमाउन र सेवा सुविधा लिने हैन वडाको समृद्धि र विकासमा योगदान गर्न उम्मेदवारी परेको जनाएका छन् ।