Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

बलात्कार आरोपी सिद्धबाबालाई सुनसरी अदालतले दिए सफाई

बलात्कार आरोपी सिद्धबाबालाई सुनसरी अदालतले दिए सफाई

इच्छाकामना न्युज

२२, मंसिर २०७७
बलात्कार आरोपी सिद्धबाबालाई सुनसरी अदालतले दिए सफाई
images

सुनसरी, २२ मंसिर । बलात्कारको आरोप लागेको चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ। सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो। यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।

images
images

तिनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरी त्यसविरूद्ध फैसला माग्दै जिल्लन अदालत सुनसरी अदालतमा निवेदन दिन पुगेका थिए। आफ्नै अनुयायीलाई बलात्कार गरेको कसुरमा सिद्धाबाबाविरूद्ध मुद्दा दायर भएको थियो। मुद्दा परेपछि जिल्ला अदालतले उनलाई कारागार चलानको आदेश दिएको थियो।

तर, उनी थुनामा नबसिकनै बाहिरै बसे। पछि उच्च अदालतमा जान भनी हिँडेका गिरी जोगबनी नाकाबाट भारत फरार भएका थिए। उनलाई केही महिनापछि प्रहरीले पक्राउ गरी कारागार पठाएको थियो।

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - १९:००:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology