Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कसरी मत हाले सदर हुन्छ र कसरी हाले बदर ?

कसरी मत हाले सदर हुन्छ र कसरी हाले बदर ?

इच्छाकामना न्युज

२८, बैशाख २०७९
कसरी मत हाले सदर हुन्छ र कसरी हाले बदर ?
images

चितवन, २८ वैशाख । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा आफ्नो मत खेर नजाओस् भन्ने चाहनुहुन्छ भने तपाईँले भोट हाल्दा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ।

images
images

यसपटकको निर्वाचनमा मतदाताले अघिल्लो जस्तै सात वटा छाप लगाउन पाउँछन्। मतपत्र लामो र ठूलो हुन्छ। त्यसैले, यसपटक मत हाल्दा अलि धेरै ध्यान दिनुपर्ने हुन्छ।

आफ्नो मत बदर हुनबाट बचाउन सबैभन्दा पहिले मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन भनेर हेर्नुपर्छ। किनभने मतदान अधिकृतको हस्ताक्षर नभएको मत्रपत्र बदर हुन्छ। मतपत्रको तल्लो भागमा मतदान अधिकृतले हस्ताक्षर गर्ने ठाउँ हुन्छ त्यहीँ हेर्नुपर्छ।

मत्रपत्र लिएपछि गोप्य मतदान गर्ने ठाउँमा गएर मत्रपत्रमा सात वटा छाप लगाउने हो। यसरी छाप लगाउँदा पहिला पाँच वटा ठाडो लहरमा प्रत्येकमा एउटा छाप लगाउनु पर्छ। पहिलो लहरमा मेयर वा गाउँपालिकाको अध्यक्षको चुनाव चिन्ह हुन्छ। यसमा आफूलाई मन परेको चुनाव चिन्हमा एउटा छाप लगाउनुपर्छ।

दोस्रो लहरमा उपप्रमुख, तेस्रो लहरमा वडाध्यक्ष, चौथो लहरमा वडा महिला सदस्य र पाँचौ लहरमा दलित महिला वडा सदस्यको चुनाव चिन्ह हुन्छ। यी प्रत्येक लहरमा एउटा चिन्ह लगाउनु पर्छ।

एउटै लहरमा दुई वा दुईभन्दा धेरै चिन्हमा छाप लगाएमा मत बदर हुन्छ। किनभने पहिलो लहर मेयर वा अध्यक्ष पदको लहर हो। दुईजना मेयरलाई भोट दिने कुरै भएन।

त्यसैले पहिलो लहरमा मेयर वा अध्यक्षका लागि तल र माथि दुईवटा छाप लगाएमा मत बदर हुन्छ। दोस्रो देखि पाँचौँ सम्म पनि एउटा लहरमा एउटा मात्रै छाप लगाउनुपर्छ। छैठौं र सातौं लहरमा खुला वडा सदस्यका लागि मतदान गर्ने हो।  यसमा भने जुन लहरमा लगाए पनि दुई वटा छाप लगाउन पाइन्छ। एउटै लहरमा दुईवटा छाप लगाउन पनि पाइन्छ र एक एकवटा बाँडेर दुईटैलहरमा लगाउन पनि पाइन्छ। किनभने खुलाबाट सबभन्दा धेरै मत ल्याउने दुईजना उमेद्वार विजयी हुन्छन्।

छैठौं र सातौंमा गरि तीन वटा त्यो भन्दा बढी छाप लगाएमा भने त्यो मत बदर हुन्छ। मत लगाउँदा छाप लगाउने ठाउँमा राखिएको स्वस्तिक चिन्ह नै प्रयोग गर्नु पर्छ। र, स्वस्तिक छाप स्पष्ट बुझिने गरी लगाउनुपर्छ।

मसी लतपतिएमा मत बदर हुन्छ। कुनै एउटा लहरको मत बदर भएमा सबै मतपत्र बदर हुँदैन। जस्तै: अध्यक्षका लागि मत दिँदा विग्रियो भने त्यही मतमात्र बदर हुन्छ। उपाध्यक्ष, वडाअध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई जना वडासदस्यका लागि हालेको मत भने सदर नै हुन्छ।

स्वस्तिक छापले चुनाव चिन्ह छोएमा मत बदर हुँदैन तर वरीपरीको घेरा छोएमा भने बदर हुन्छ। कोठा बाहिर छाप लगाएमा, दुईटा कोठाको बीचमा पर्ने गरी छाप लगाएमा पनि मत बदर हुन्छ। त्यसैले, आफ्नो मत बदर हुनबाट बचाउन आफूले छाप लगाउन चाहेको निर्वाचन चिन्ह भएको कोठाभित्र पर्ने गरी र वरीपरीको रेखालाई नछुने गरी छाप लगाउनुपर्छ।

कहिलेकाँही मतपत्र पट्याउँदा छाप लत्पतिने वा अर्को कोठामा पनि छाप बस्न सक्छ । त्यसैले मतपत्र पट्याउँदा पनि ध्यान दिएर सहि तरिकाले पट्याउनु पर्छ। 

Badar.jpg

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - ०८:५६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology