Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तनहुँ काँग्रेसद्वारा आँबुखैरेनीका पूर्व २ वडाध्यक्ष सहित ११ जनालाई कारवाही, २ निलम्वन (नामावली सहित)

तनहुँ काँग्रेसद्वारा आँबुखैरेनीका पूर्व २ वडाध्यक्ष सहित ११ जनालाई कारवाही, २ निलम्वन (नामावली सहित)

इच्छाकामना न्युज

२९, बैशाख २०७९
तनहुँ काँग्रेसद्वारा आँबुखैरेनीका पूर्व २ वडाध्यक्ष सहित ११ जनालाई कारवाही, २ निलम्वन (नामावली सहित)
images

तनहुँ, २९ वैशाख । नेपाली कांग्रेस तनहुँले दुई जनालाई निलम्बन र ११ जनालाई कारबाही गरेको छ ।

images
images

नेपाली कांग्रेस तनहुँले आज एक विज्ञप्ती जारी संविधान सदस्य झुलबहादुर आले र नेपाली कांग्रेस ऋषिङ गाउँपालिका सभापति तिलबहादुर थापालाई निलम्बन गरिएको जनाएको छ ।

जारी विज्ञप्तीमा स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्धमा गतिविधी गरेको भन्दै आले र थापालाई निलम्बनल गरिएको उल्लेख गरिएको छ ।
c-t1-e1652347723124-1432x1536.jpg

त्यस्तै विज्ञप्तीमा उल्लेख गरिए अनुसार अनुशासन समितिले नेपाली कांग्रेसका कैची चिन्ह लिएर व्यास नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका व्यास २ निवासी दीपकराज जोश, भानु नगरपालिका वडा नं १ का क्रियाशिल सदस्य नारायण पन्थ, भानु नगरपालिका वडा नं ११ सदस्य हस्तबहादुर क्षेत्री, भानु नगर समितिका सचिव सीताराम बानियाँ, म्याग्दे ३ का क्रियाशिल सदस्य गंगादत्त अधिकारी, सीता अधिकारी, क्षेत्रीय प्रतिनिधी रामचन्द्र श्रेष्ठ, म्याग्दे गाउँपालिका वडा नं १ का क्षेत्रीय प्रतिनिधी विष्णुबहादुर थापा, मुक्तिनाथ खनाल ,आँबुखैरेनी गाउँपालिका वडा नं २ का क्षेत्रीय प्रतिनिधी कटकबहादुर थापा, आँबुखैरेनी वडा नं ५ का क्षेत्रीय प्रतिनिधी पञ्चबहादुर गुरुङलाई कार्वाही गरिएको कांग्रेस तनहुँले जनाएको छ ।

 

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - १८:३१:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology