गोरखा, २९ बैशाख । गोरखाको गण्डकी गाउँपालिकाका एक पुरुष सम्पर्कविहीन भएको दुईदिनपछि मृत फेला परेका छन्।
गण्डकी गाउँपालिका वडा नं ६ देबिस्थान बस्ने अन्दाजी ५२/५३ बर्षका टंक भनेर चिनिने लगबहादुर थापा घरबाट करीब डेढ किलोमिटरको दुरीमा रहेको नाचानि जंगलको भिरमा मृत फेला परेका एसपी केदार खनालले बताउनुभयो।
२७ गते राती पिसाब फेर्न भनेर घरबाट निस्कीएका उनी सम्पर्कबिहिन भएका थिए । खोजतलासको क्रममा आज मृत फेला परेको उहाँको भनाई छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।