भुम्लिचोक, ३० चैत । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ स्थित बालकी आधारभतु विद्यालय मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।
परिवारको भोट सहयोगी मार्फत हाल्ने क्रममा विवाद भएपछि उक्त मतदान केन्द्रमा केहिबेर देखि मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत बासुदेव रेग्मी ले जानकारी दिए। सामान्य विवाद भएकोले विवाद समाधान गरि स्थगीत मतदान प्रक्रिया सुचारु गर्न लागिएको उनले बताए । उक्त केन्द्रमा ६८१ जना मतदाता रहेका छन् ।
यस्तै कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच झडप भएपछि रोकिएको ज्ञानभुमी माध्यमिक विद्यालय केन्द्रमा मतदान सूचारु भएको पनि निर्वाचन अधिकृत रेग्मीले बताए।