Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैं

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैं

इच्छाकामना न्युज

२४, मंसिर २०७७
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैं
images

काठमाण्डौं, २४ मंसिर ।  संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर मनाइने भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ मनाइँदैछ ।
 
 राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ।
महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धिकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर, यति हुँदा हुँदै पनि नेपालमा भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन । केही समय अघि सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार झन् बढेको देखाएको थियो ।
प्रतिवेदनले सरकारले नै भ्रष्टाचारलाई संरक्षण दिइरहेको दाबी गरेको थियो । तर सरकारले भने यो प्रतिवेदन राजनीतिक पूर्वाग्रह राखेर बनाइएको भन्दै अस्वीकार गरेको छ ।

images
images

images
प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - ०८:२६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology