घैरुङ, ३१ वैशाख । गोरखाको शहिद लखन गाउँपालिकामा चलिरहेको प्रारम्भिक मत गणनामा नेकपा एमालेले अग्रता कायमै गरेको छ । अहिलेसम्म गनिसकेको वडा नं. १ को ९ सय मतमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत सबै पदमा एमालेले आफ्नो अग्रता कायमै गरेको हो।
प्राप्त जानकारी अनुसार अध्यक्षमा नेकपा एमालेका मनोज कुमार जोशीले ३९९, माओवादी केन्द्रका रमेशबाबु थापा थापा मगरले २५३, काँग्रेसका नारायण प्रसाद लामिछानेले २०८, मत पाएका छन्।
उपाध्यक्षमा नेकपा एमालेकै लुना थापाले ३७६, माओवादी केन्द्रका इन्दिरा तिवारीले २३९, काँग्रेसका शर्मिला श्रेष्ठले २३७ मत पाएका छन्।
यस्तै वडाध्यक्षमा नेकपा एमालेकै प्रेम गुरुङले ३८०, माओवादी केन्द्रका सन्जिप थापाले २५९, काँग्रेसका टोप बहादुर आलेले २३९ मत पाएका छन्।