काठमाण्डौं, २४ मंसिर ।
अहिले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदली भएको छ । यस्तै लुम्बिनी प्रदेशका पूर्वी भूभाग र प्रदेश २ मा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरु ठाउँको मौसम भने सफा रहेको छ । दक्षिणपूर्वी अरबियन सागर र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकोले केही ठाउँको मौसम बदली भएको हो । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।