घैरुङ, २ जेठ । गोरखाको शहिद लखन गाउँपालिकामा नेकपा माओवादी केन्द्र जीत नजिक पुगेको छ । गाउँपालिकाको वडा नं. ९ को ११०० मत गणना भैसक्दा अध्यक्षमा माओवादी केन्द्रका अध्यक्ष उम्मेद्वार रमेशबाबु थापाले करिब करिब जितिसकेको अवस्था छ भने उपाध्यक्षमा समेत माओवादी केन्द्रकै उम्मेद्वार इन्दिरा तिवारी जित नजिक पुगेको छ ।
उक्त वडाको नाम्जुङ अन्तर्गत ८१३ मत गन्न बाँकी छ तर माओवादी केन्द्रले अध्यक्षमा ५१८१ र उपाध्यक्षमा ४६६९ मत पाईसकेको छ । पछि पछि काँग्रेसका उम्मेद्वार अध्यक्षमा ४०७१ र उपाध्यक्षमा ४१६७ मतका साथ छ भने एमालेका उम्मेद्वार अध्यक्षमा ४०१६ र उपाध्यक्षमा ३२८६ मत छ।
गाउँपालिकाको मतगणना सकिएको ८ वडा मध्य माओवादी केन्द्रले ३ वटा वडा, नेपाली काँग्रेसले ४ वटा वडा र एमालेले १ वडामा जित हासिल गरेको छ भने मतगणना भैरहेको बाँकी १ वडामा समेत माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।