घैरुङ, २ जेठ । गोरखाको सहिद लखन गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा रमेश थापामगर र उपाध्यक्षमा इन्दिरा तिवारी निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार थापामगर नेकपा एमालेका उम्मेदवार मनोजकुमार जोशीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार लुना थापालाई हराउदैं माओवादी केन्द्रकी उम्मेदवार इन्दिरा तिवारी निर्वाचित भएकी छिन् । उनीहरू दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।