Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

द्रुत गतिमा १५ दिनमा नै लाइसेन्स दिने सरकारको योजना कार्यान्वयन हुनेमा आशंका

द्रुत गतिमा १५ दिनमा नै लाइसेन्स दिने सरकारको योजना कार्यान्वयन हुनेमा आशंका

द्रुत गतिमा १५ दिनमा नै लाइसेन्स दिने सरकारको योजना कार्यान्वयन हुनेमा आशंका

उषा तामाङ, काठमाडाँै, ५ जेठ । सवारी साधन अनुमति पत्र लाइसेन्स लिन चाहनेहरू अत्यधिक भएपछि यातायात व्यवस्था विभागले दु्रत गतिमा लाइसेन्स दिने तयारी गरेको छ । हाल लाइसेन्सका लागि आवेदन दिएकाहरूको परीक्षा मिति सन् २०२४ अर्थात अबको २ वर्षसम्म हुनेगरि पुगेपछि हालको लागि आवेदन प्रक्रिया बन्द भएको छ । कोरोना भाइरसका कारण २०७६ चैतदेखि सरकारले नयाँ चालक अनुमतिपत्रको आवेदन लिने काम स्थगित गरेको थियो ।

images

त्यसयता विभिन्न समयमा आवेदन फारम खुल्दै तथा बन्द हुँदै आएको छ । गत चैत १ बाट आवेदन फारम भर्ने प्रक्रिया नै बन्द भएपछि लाइसेन्स लिन चाहनेहरू समस्यामा परेका छन् । चालक अनुमतिपत्र लिन चाहनेहरूको सङ्ख्या अत्यधिक बढेपछि विभागले पहिले आवेदन दिएकाहरूलाई लाइसेन्स वितरण गर्ने र त्यसपछि नयाँ प्रक्रिया सुरू गर्ने तयारी गरेको थियो ।

आवेदन दिएकाहरूको परीक्षा बैशाख ३० भित्रै गरिसक्ने भनिएको भएपनि त्यसो हुन सकेको छैन । अब पनि दु्रत गतिमा १५ दिनमा नै लाइसेन्स पाईएला भन्नेमा नागरिकलाइ विश्वास छैन । अहिलेसम्म लाइसेन्सको आवेदन दिएकाहरूको पालो सन् २०२४ नोभेम्बर सम्म तोकिएको छ । पुर्वाधार र जनशक्तिको अभावमा तत्कालै परीक्षा गराउन सम्भव भएको छैन, जसका कारण सरकारको यो लक्ष्य पूरा हुनेमा शंका छ ।

यातयात व्यवस्था विभागका अनुसार सन् २०२१ सम्मका सबै सवारी चालक अनुमति पत्र छपाइ गरि सम्बन्धित यातयात व्यवस्था कार्यालय पठाइसकिएको छ । बाँकी रहेका करिव ९० हजार लाइसेन्स छपाइको काम सम्पन्न गर्न अहिले दैनिक ४ देखि ६ हजारसम्म छपाइ भइरहेको छ । त्यसैले अब आवेदन दिएको १५ दिनभित्र लिखित र ट्रायल परीक्षा दिन पाउनेगरि व्यवस्था गर्न सकिने विभागका सूचना अधिकारी इश्वरी दत्त पनेरु दाबी गर्नुहुन्छ ।

अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका २६ कार्यालय पुराना आवेदकको लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल), लाइसेन्स छपाइ र वितरणमा केन्द्रीत छन् । तर पनि पुराना आवेदनको प्रक्रिया समयमा नै नटुङ्गिदा दु्रत गतिमा लाइसेन्स वितरण गर्ने विभागको योजना कार्यान्वयनमा चुनौती छ । 

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०९:२४:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology