Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ईङ्ल्याण्डले श्रीलङ्कासँग दुई टेष्ट म्याच खेल्ने 

ईङ्ल्याण्डले श्रीलङ्कासँग दुई टेष्ट म्याच खेल्ने 

एजेन्सी

२५, मंसिर २०७७
ईङ्ल्याण्डले श्रीलङ्कासँग दुई टेष्ट म्याच खेल्ने 
images

ईङ्ल्याण्डले अर्काे महिना श्रीलङ्कासँग दुई टेष्ट म्याच खेल्ने भएको छ। श्रीलङ्कासँग बन्द रङ्गशालामा ईङ्ल्याण्डले दुई टेष्ट म्याच खेल्ने पक्का गरेको हो। 
बेलायत र वेल्सको क्रिकेट बोर्डले अर्को महिना श्रीलङ्कासँग बन्द रङ्गशालामा दुई टेष्ट खेल्ने घोषणा गरेको छ। ईङ्ल्याण्डले भर्खरै दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज रद्ध गरेको थियो। दुवै देशका खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन खेलको एकदिवसीय सिरिज रद्ध गरिएको हो ।दक्षिण अफ्रिकाका एक खेलाडी र होटलका दुई कर्मचारीमा कोरोना पुष्टि भएको थियो। 
यस्तै ईङ्ल्याण्डका दुई खेलाडीमा समेत कोरोना देखिएको थियो। श्रीलंका आएपछि ईङ्ल्याण्डको टिम दुई दिन एकान्तवासमा बस्नेछ। भ्रमणको क्रममा हरेक दुई दिनको अन्तरमा कोरोनाको परिक्षण गरिनेछ। पहिलो टेष्ट जनवरी १४ मा सुरु हुनेछ। ईङल्याण्डको टोली चार्टर प्लेनमा जनवरी २ मा श्रीलङ्का भ्रमणमा निस्कने बताइएको छ। 

images
images

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - ०९:४६:०६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology