Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नवलपरासीमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको कुटाइबाट ट्र्याक्टर चालकको ज्यान गएको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द 

नवलपरासीमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको कुटाइबाट ट्र्याक्टर चालकको ज्यान गएको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द 

इच्छाकामना न्युज

२६, मंसिर २०७७
नवलपरासीमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको कुटाइबाट ट्र्याक्टर चालकको ज्यान गएको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द 
images

नवलपरासी, २६ मंसिर । 
पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपरासीको बर्दघाट सुस्तापूर्व नवलपुरको दुम्कीमासमा सडक अवरोध भएको छ ।
प्रहरीको कुटाइबाट लु ३ त ८१७५ नम्बरको ट्र्याक्टर चालक दाङ राजापुर गाउँपालिका ४ का हरिश्याम यादवको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका छन्। विनयी त्रिवेणी २ को पहेली भित्ता भन्ने ठाउँको विनयी खोलामा भएको घटनालाई लिएर स्थानीय बासिन्दाले अहिले प्रहरी कार्यालय समेत घेराउ गरेर राजमार्ग बन्द गराएका छन् ।

images
images

प्रहरीले भने नदिजन्य पदार्थ अवैध रुपमा निकाल्दै गरेको समयमा ट्र्याक्टरसहित भाग्ने क्रममा दुर्घटनामा परेर उनको ज्यान गएको जनाएको छ । घटनाको विषयलाई लिएर प्रहरी र स्थानीय बासिन्दाबीच झडपसमेत भएको छ। प्रहरीले भीडलाई  नियन्त्रणमा लिन १३ राउण्ड अश्रु ग्यास प्रहार गरको छ ।
स्रोतः उज्यालो अनलाइनबाट

images
प्रकाशित मिति :मंसिर २६, २०७७ शुक्रवार - ०९:०३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology