Logo

बुधवार, मंसिर ३ गते २०८३

images
२०८३, मंसिर ३ गते
images

नारायणगढ –मुग्लिन सडक खण्डको  खहरेपुलबाट ट्रक खस्दा दुई जना घाइते

नारायणगढ –मुग्लिन सडक खण्डको  खहरेपुलबाट ट्रक खस्दा दुई जना घाइते

images

इच्छाकामना न्युज

२६, मंसिर २०७७
नारायणगढ –मुग्लिन सडक खण्डको  खहरेपुलबाट ट्रक खस्दा दुई जना घाइते
images

चितवन, २६ मंसिर । 
चितवनको  नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत इच्छाकामना गाउपालिका वडा नंं ५ स्थित खहरे पुलबाट ट्रक खस्दा दुई जना घाइते भएका छन्। रौतहटबाट इट्टा बोकेर काठमाण्डौ तर्फ आउँदै गरेको प्र.२–०३. ००१ ख ०७०९ नम्बरको ट्रक अनियन्त्रित  पुलबाट गएराती २ः३० बजे करिब २० फिट तल खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनकले जनाएको छ ।
दुर्घटनामा परी चालक जिल्ला रौतहट चन्द्रनिगाहापुर न.पा. वडा नं. २ बस्ने अन्दाजी वर्ष २६ का साजन परियार र सहचालक सोही स्थानका अन्दाजी वर्ष २४ का सुजन कँडेल घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका चालक र सहचालकलाई उद्धारपछि उपचारको लागि भरतपुर पठाइएको छ। उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर २६, २०७७ शुक्रवार - ०९:३३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology