गोरखा, २६ मंसिर ।
आजदेखि गोरखाको सबै धार्मिक स्थलमा लगाएको निषेधाज्ञा हटेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने भन्दै गत वर्षको चैतदेखि जिल्ला भित्रको मठ, मन्दिर, गुम्बा, मस्दिज र चर्च माथि लगाईएको निषेधाज्ञा हटेको हो।
जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै आज देखी जिल्लाको सबै प्रधारको धार्मिक तिर्थ स्थलको निषेधाज्ञा हटाएको जानकारी दिएको हो।
हिजो बसेको जिल्लास्तरीय कोभिड बिपत व्यवस्थापन केन्द्र (सिसिएमसी) बैठकले मठ, मन्दिर, गुम्बा, मस्दिज र चर्च माथीको निषेधाज्ञा हटाउन स्थानिय प्रशासनलाई आग्रह गरे संगै जिल्ला प्रशासन कार्याल गोरखाले आज (शुक्रबार) देखी लागुहुने गरी त्यस्ता प्रकारका सबै निषेधाज्ञा फुकुवा गरेको हो ।
यो संगै अब गोरखा जिल्लाको प्रसिद्व धार्मिक तिर्थ स्थल एवं ऐतिहासिक महत्वका मठ मन्दिर तथा गुम्बाहरु खुल्ला गर्ने बाटो खुेलेको छ।
