Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

हेल्भटास नेपालद्धारा सामुदायिक पशुपालन तालिम

हेल्भटास नेपालद्धारा सामुदायिक पशुपालन तालिम

बि.बि. श्रेष्ठ

२६, मंसिर २०७७
हेल्भटास नेपालद्धारा सामुदायिक पशुपालन तालिम
images

शिशाघाट, २६ मंसिर
हेल्भटास नेपाल र विश्व वैकको संयुक्त आयोजनामा व्यास नगरपालिका वडा नं ६, को शिशाघाट वजारमा स्थानिय वासिन्दालाई सामुदायिक पशुपालन तालिम संचालन गरेको छ । स्थानिय समुदायलाई सामुदायिक पशुपालनमा लाग्न प्रेरित गर्ने अभिप्राय  स्वरुप हेल्भटास नेपालले विश्व वैक सँग सहकार्यमा ३ महिने तालिम संचालन गरिएको हो ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना अन्र्तगत तालिम संचालन गरिएको प्रशिक्षक कुमोद पण्डितले जानकारी दिनुभयो । व्यवसायिक कृषि सँगै पशुपालन गरेमा आर्थिक रुपमा समेत सवल वन्न सकिने हुदाँ यस सम्वन्धि तालिम दिईएको प्रशिक्षक पण्डितले वताए ।
१६ जना महिला र ४ पुरुष गरि जम्मा २० जनालाई सामुदायिक पशुपालन तालिम दिईएको छ । प्रयोगात्मक र सैद्धान्तिक गरि दुई विधामा तालिम दिईएको हो । तालिममा सहभागीहरुलाई खाजा र आवश्यक समाग्री समेतको व्यवस्था गरिएको छ । तालिममा गाई, भैसी, भेडा, वाख्रा, कुखुरा, सँगसँगै सामुदायिक विकासको वारेमा प्रशिक्षण दिईएको तालिममा सहभागी मैना थापाले वताईन् । तालिम पाश्चात सामुदायिक कार्यक्रम अन्र्तगत विभिन्न पशुपालन गरेर आत्मनिर्भर वन्र्ने सहभागीले वताए ।

images
images

 

images
प्रकाशित मिति :मंसिर २६, २०७७ शुक्रवार - २०:०६:३१ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology