कलंकी, २६ मंसिर
कलंकीमा ब्रेक फेल भएर ट्रक घर भित्र छिर्दा एक जनाको ज्यान गएको छ।
थानकोटबाट कलंकी जादै गरेको प्रदेश २–०३–००१ ख १४३० नम्बरको मालबाहक ट्रक ब्रेक फेला हुँदा घरभित्र छिरेको प्रहरीले जनाएको छ।
ट्रक ठोक्किँदै घरभित्र छिर्दा ट्रकमुनि एकजना मान्छे परेको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।
ट्रकमुनि परेका मान्छेको घटनास्थलमै मृत्यु भएको कार्कीले बताए । अन्दाजी २०÷२५ वर्ष उमेरका पुरुष रहेका छन् । मृतकको पहिचान खुलेको छैन् ।
यस्तै ट्रकको ठक्करबाट ६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको कार्कीले बताए । उनीहरुको बयोधा र सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै ट्रकले अन्य ७ वटा सवारी साधनलाई क्षति पुर्याएको कार्कीले बताए । दुर्घटना कलंकीस्थित कालिका पम्प नजिकै भएको हो ।