काठमाण्डौ, २८ मंसिर । डिसेम्बर ११ अर्थात् १७ औँ अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा मानवशास्त्री विद्यार्थी दावा शेर्पाको टोलीले तीन ओट हिमालको सफल आरोहण गरेको छ । शेर्पाको नेतृत्वमा पासाङ शेर्पा र सन्दुक दिर्जे तामाङ लगायतको तीन जनाको टोलीले सफल हिमाल आरोहण गरेका छन् ।
आइ एम ट्रेकिङ एन्ड एक्डेपेसन प्रा.ली मार्फत पर्यटन क्षेत्रमा आबद्ध एवं माउन्टेन गाइड दूध कुण्ड नगरपालिका गोरखानी २, सोलुखुम्बुका दावा शेर्पाको नेतृत्वमा दूध कुण्ड नगरपालिका लखोप ८ पासाङ शेर्पा र दूध कुण्ड नगरपालिका सोलुखुम्बुका सन्दुक दिर्जे तामाङ समरे सफल आरोहण गरेका हुन् ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायत ३ जनाले विन्टर एक्पेडेसनमा इम्जा- त्से आइल्याण्ड पेक ६,१६५ मि. ५, डिसेम्बर २०२०, बिहान ७ बजे आरोहण गर्न सफल भए । त्यसको २ दिन पछि लोबुजे पूर्व ६,११९ मि. बिहान ६ बजेर ५० मिनेटमा र लोबुजे पश्चिम ६,१३५ बिहान ८ बजेर २० मिनेटमा ८ डिसेम्बर २०२० मा सफलत पूर्वक हिमालको आरोहण गरे ।

विश्वभर कोभिड- १९ को सङ्क्रमणको कारणले भयावह अवस्था यस्ता गतिविधिले पर्यटन क्षेत्रका केही चलायमान हुन लागेको देखिन्छ । यसले बन्दा रहेकोव्यावसायिक र पर्यटन क्षेत्र लगायतलाई थप ऊर्जा र पर्यटन प्रवर्द्धनको सहयोग गर्ने शेर्पाले बताए । पर्यटन क्षेत्रमा आबद्ध दावा शेर्पा एक पर्यटन माउन्टेन गाइड, सामाजिक संस्थाहरूमा आबर्द्धका साथै त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण समेत गरिएको छ । कोभिड- १९ को सङ्क्रमणको आक्रान्त रहेको बेलामा पनि आफ्नो पेशा व्यावसायिकलाई उच्च राख्न र यस्तो महामारीको बेलामा पनि पर्यटन क्षेत्रमा असम्भव केही रहेन र सम्भव रहेछन् भन्ने सन्देश समेत प्रवाह गर्नको लागि हिमाल आरोहण गरेको उनको भनाई छ ।
